काठमाडौँ, चैत १६ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुने भएको छ ।
आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा नेपाल विद्यार्थी समाजको आयोजनामा हुने उक्त गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी गराउने बताइएको छ ।
नेपाल आयुर्वेद समाजका अध्यक्ष डा सुमन खनालले आयुर्वेदले मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका पुर्याउँदै आएकाले यसको विकासका लागि गोष्ठीले बहसका लागि ध्यानाकर्षण गराउने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको बताएका छन् ।
आयुर्वेदका विज्ञ, अभ्यासकर्ता, परम्परागत चिकित्सक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने अध्यक्ष खनालले जनाएका छन् । विभिन्न औषधि कम्पनीका उत्पादन, विभिन्न जडीबुटी तथा हव्र्रेयिमको प्रदर्शनी हुनेछ ।
भारतको राष्ट्रिय आयुर्वेद विद्यार्थी तथा युवा संघ (नस्य) सँगको सहकार्यमा हुन लागेको सो गोष्ठीमा भारतबाट समेत आयुर्वेदका विज्ञ, विद्यार्थी, खोजकर्ताहरुको सहभागीता रहनेछ ।