विराटनगर, चैत १६ । विराटनगरमा कियाशील एक सञ्चारकर्मीलाई ६१औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गरिने भएको छ ।
यसरी पुरस्कृत हुनेमा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता र मैथिली समाचार संयोजकको रुपमा कार्यरत नवीनचन्द्र कर्ण रहेका छन् ।
विराटनगरस्थित जिल्ला सहकारी संघ मोरङमा संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सहकारी दिवसको अवसरमा आगामी चैत २० गते वीरेन्द्र सभागृहमा आयोजना हुने कार्यक्रमका बीच कर्णलाई रु पाँच हजार एक नगद राशि र सम्मानपत्रसहित पुरस्कृत गरिने संघका अध्यक्ष पोखरेलले बताएका छन् । कर्ण नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्यसमेत हुन् ।
0
Shares