काठमाडौँ, चैत्र १६ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जोरपाटीको पहलमा जोरपाटीको पिस बैंकेटमा हिजो द वे टु ह्याप्पीनेश फाउण्डेशनले एक दिने ह्याप्पीनेश सेमिनार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल , लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवाल, सेकेन्ड भी डी जी लायन टंक बहादुर श्रेष्ठ,ह्युमनटरी सोसाइटीका अध्यक्ष महेश कुँवर,त्रिनेत्र अध्यात्म केन्द्रका संरक्षक दिवाकर प्रसाद भण्डारी लायन्स क्लब अफ काठमाडौं जोरपाटीका अध्यक्ष दिपक चापागाईं, रहेका थिए भने अतिथिहरुमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,लायन्सका सदस्यहरु ,पत्रकार हरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि केसीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । सो कार्यक्रममा अमेरिकाको लस एन्जल्स्बाट विज्ञ तथा स्रोत व्यक्तिको रुपमा नसीमा कुरेसी र डा अन्जु माथोरले ह्याप्पीनेशको बारेमा बताएका थिए । कार्यक्रमको सभाध्यक्षता लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ का पास्ट इमिडेट गभर्नर कुमार राज सुबेदीले गरेका थिए भने कार्यक्रम संचालन लायन्स धनप्रसाद लामिछानेले गरेका थिए ।
कार्यक्रमको औचित्य बारेमा चर्चा गर्दै सभापति लायन्स कुमार राज सुबेदीले स्वागत मन्तव्य दिंदै उपस्थित सबैलाई गरेका थिए । अमेरिकाको लस एन्जल्स्बाट विज्ञ तथा स्रोत व्यक्तिको रुपमा नसीमा कुरेसी र डा अन्जु माथोरले कार्यक्रममा वे टु ह्यापिनेसको बारेमा आफ्ना विचार व्यक्त गर्दै वृतचित्र मार्फत जानकारी गराएका थिए भने सोहि कार्यक्रममा सहभागी सबैलाई वे टु ह्यापिनेसका २१ सुत्रीय बाटोहरु समेटिएको पुस्तक समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एबम पुर्व मन्त्रि अर्जुननरसिंह केसीले आयोजकलाइ धन्यवाद दिदै आफु शिक्षा मन्त्री हुँदा वे टु ह्यापिनेसलाइ पहिलो पटक चिनाउने काम गरेको बताएका थिए । उनले वे टु ह्याप्पीनेसको महत्वपूर्ण पक्ष भनेको नै विश्व ब्यापी रुप बाट जुन खालको तनाब हिंसा एक आपस बीचको द्वेष र नैतिक चरित्र दिन प्रतिदिन खस्किएर गएको अवस्थामा नैतिक चरित्र उत्थानको निम्ति कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे ।
उनले लायन्स इन्टरनेसनलको आफ्नै महत्व रहेको बताउँदै राष्ट्रियता र आफ्नो राष्ट्रिय झण्डाको निम्ति, न्यायको निम्ति, स्वतन्त्रताको निम्ति सुशासनको निम्ति, सामाजिक सास्कृतिक आचरण र आन्दोलनलाइ सुधार गर्ने निम्ति पनि लायन्सका लक्ष्य भएको जनाएका थिए ।
उनले सामाजिक आन्दोलनको रुपमा लायन्स क्लबले प्रयोग गरोस भन्ने अपेक्षा गरेका थिए । सामाजिक आचरण परिवर्तनको निम्ति मार्गदर्शक सिद्धान्तको रुपमा लिइयोस र लिने मात्र नभई हाम्रा संस्कार संस्कृतिजन्य सम्पत्ति सम्पदाहरु र वे टु ह्याप्पीनेसका २१ सूत्रलाई तुलनात्मक रुपमा संग संगै राख्दा एउटा नेपालीमा किताब निकाल्न आफु तयार भएको बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले कार्यक्रम आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै कार्यक्रममा पुरुषको भन्दा महिलाको बढी सहभागिता भएकोमा आफु महिला भएको नाताले पनि बढी खुशी भएको बताएकी थिइन् ।
ह्यापिनेस कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लबलाइ धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम आयोजना गर्न आग्रह गरेकी थिइन् । उनले महिलाहरुको अधिकार प्राप्तिको लागि आफु जहिले पनि साथमा रहेने बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै लायन्स लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवालले कार्यक्रममा महिला सहभागिता बढी भएकोमा खुशी ब्यक्त गर्दै महिलाहरु भनेको भगवानको बरदान भएको जसले आफु खुशी रहेर अरुलाई पनि खुशी पार्न जान्ने भएको बताए ।
उनले कुनै पनि परिवारलाई समाजलाई राष्ट्रलाई कसैले खुशी राख्न सक्छन् भने उनीहरु महिला भएको बताएका थिए । उनले धेरै काम मात्र म खुशी छु भन्ने सुनिने गरेको बताउँदै सेमिनारले पक्कै सबैलाई खुशी तर्फ डोर्याउन सक्ने बिश्वास ब्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा बोल्दै ह्युमनेटेरियन सोसाइटीका अध्यक्ष महेश कुवरले वे टु ह्यापिनेसभनेर पुस्तक सबैको हातमा पुगेको बताउँदै त्यो पुस्तकको जन्मदाता अमेरिकी राइटर एल रन हबर्ड ले १९८१ मा अमेरिकाको न्यु वोर्क सिटीमा अपराधहरु बढेको अवस्थालाई नियन्त्रण गर्ने हिसाबले उक्त पुस्तक निकालेको बताएका थिए ।
उनी एउटा अमेरिकी भएर फिजिसियन ,भुवर्गबिधको प्रोफेसर जर्ज वासिंगटन युनिभर्सिटीको तर पनि उनले विश्वको बिभिन्न देशहरु घुमेर पुस्तकलाई समाजलाई कसरी विकास गर्न सकिन्छ भन्ने भावनाले अमेरिकाको त्यो अवस्थालाई नियन्त्रण गर्नको लागि पुस्तक प्रकाशन गरेको बताएका थिए ।
त्यो पुस्तक बजारमा आएपछि तब त्यहाँको अपराधहरु त्यहाँका लागूऔषध पनि नियन्त्रणमा आएको तथ्यांकहरुले देखाएको बताए । पुस्तकमा समेटिएको खुशी हुने २१ वटा सुत्र ज्यादै राम्रो भएको उनले बताए ।
उक्त कार्यक्रममा बिन्दा खतिवडाले आफ्नो गजल मार्फत मनोरञ्जन प्रदान गरेकी थिइन् भने कार्यक्रमको अन्त्यमा गिनिज बुकमा लामो म्याराथन स्पीचमा नाम लेखिसकेका अनन्त राम केसीले कार्यक्रम फलदायी भएको भन्दै आफुले पुन गिनिजबुकमा नाम लेखाउनको लागि प्रयास गर्न लागेको जनाएका थिए ।