काठमाडौं, चैत १८ । गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ ।
पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि पार्टीको शोक प्रस्ताव पारित गर्न बैठक बसिएको नेताहरुले बताएका छन् ।
खड्काको शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएको थियो । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।
0
Shares