सञ्चार संस्थाको प्रवद्र्धनका लागि समिति गठन

मोरङ, चैत १९ । मोरङको पथरीशनिश्चरेमा अवस्थित सञ्चार संस्थाको प्रवद्र्धन एकताका लागि ‘सञ्चार माध्यम प्रवद्र्धन समिति’ गठन भएको छ ।

उक्त गठित समितिको संयोजकमा सन्तोष राई, सचिवमा मोहन भट्टराई र कोषाध्यक्षमा विजय खम्बू तथा सदस्यमा केशव निरौला, पर्शुराम न्यौपाने, अमीर राई, एकराज कार्की र सुमन खनाल रहेका छन् ।

समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार संस्थाको प्रवद्र्धन गर्नु अझ आवश्यक रहेको भन्दै नगरपालिका कार्यालयमार्फत नगरमा सञ्चार नीति निर्माणका लागि मद्दत पुर्याउने बताइएको छ ।

पथरीशनिश्चरेबाट साप्ताहिक रुपमा अनमोलमणि, क्रेजी, कुरकुरे, शैक्षिक संसार र तिम्मा प्रकाशित छन् ।

विद्युतीय सञ्चाारमाध्यमका रुपमा रेडियो सिम्रिक, पथरी एफएम, रेडियो रिदम तथा टिभी नेपाली अनलाइन र पथरी अनलाइन सञ्चालनमा रहेका छन् ।