सर्वधर्र्म समन्वय एवं समाज सुधारका प्रणेता पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णको ज्ञानका प्रवद्र्धक बुद्घ निष्कलंक अवतार महामति श्रीप्राणनाथजीको प्राकट्यको ४०० वर्ष गांठको पावनअवसरमा चतुर्थ शताब्दी महोत्सव अन्तर्राष्ट्रिय धार्मिक महोत्सव भब्य रुपमा सम्पन्न हुन गईरहेको छ ।
अहिंसावादी, भेदभावरहित, समतामूलक एंव उद्यमशील समाजको विकासका लागि महामति श्रीप्राणनाथजीको सन्देश आमजनमानसमा पुर्याउने उद्देश्यका साथ आयोजना हुन लागेको यस महोत्सवबाट समाज र देशको विकासको प्रयासमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिइएको छ ।
नेपालका श्रीकृष्ण प्रणामी समाजको राष्ट्रिय सस्ंथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको स्थापनाको ५० वर्ष पूरा भएको स्वर्ण जयन्ती वर्ष समेतको अवसरमा आयोजना हुन लागेको सो महोत्सवमा धर्माचार्यहरु, विशिष्ट सन्त महन्तगुरुजन प्राज्ञिक विद्धान विदुषिहरुबाट महामती श्रीप्राणनाथजीको सन्देशका विभिन्न आयामहरुमा चर्चा विश्लेषण एवं ब्याख्याका साथै महामति श्रीप्राणनाथजी प्रणित श्रीमततारतम सागरको ४०० पारायण एवं श्रीकृष्ण कथा अमृतरस प्रवाह हुनेछ ।
२०७५ बैशाख ७ गतेदेखि १३ गतेसम्म हुने यस महोत्सवका अन्य आकर्षणहरुमा आध्यात्मिक गोष्ठि, सांस्कृतिक कार्यक्रम, प्रवचन, भक्ति संगीत सम्मेलन, सांस्कृतिक झाकी, तथा नृत्यजस्ता रोचक कार्यक्रम प्रस्तुत हुने छन् । साथै रक्तदान, निशुल्क स्वाथ्य परीक्षण, योग शिविर, समाजमा विशिष्ट सेवा पुर्याउने ब्यक्तिहरुका सम्मान जस्ता सामाजिक कार्यहरु यस महोत्सवमा सम्पन्न हुने छन् ।
देश तथा बिदेशबाट दैनिक बीस हजारभन्दा बढी भक्तजनहरुको सहभागी हुने उक्त महोत्सवमा विभिन्न धर्मका सन्तहरु, सरकार प्रमुख, मन्त्रीहरु, सरकारका विशिष्ट ब्यक्तित्वहरु, विभिन्न धार्मिक सामाजिक संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय कलाकारहरु लगाएत गैर सरकारी, प्राज्ञिक राजनैतिक सवै क्षेत्रका ब्यक्तिहरुको सहभागी रहने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको उक्त महोत्सवमा सहभागी हुन भारत सिक्किमका मुख्यमन्त्रीलाई आमन्त्रण गरिएको छ, भारत, भुटान, वेलायत, अमेरिकाका अतिथिहरुका साथ भक्तजनहरुको अपार उपस्थिति हुने भएको छ । महोत्सवमा उपस्थित हुने महानुभावको लागि निशुल्क भोजन र आवासको ब्यवस्था गरिने छ । महोत्सव ब्यवस्थापनको लागि मूलआयोजक समिति र यस अन्तर्गतका २१ वटा उपसमितिहरु खटेर काम गरिरहेका छन् ।
पशुपतिनाथ मन्दिरबाट डेढ किलोमिटर पुर्वाेत्तरमा रहेको श्रीकृष्ण प्रणामी समाजको केन्द्रीय मन्दिर श्री नवतन धाममा धार्मिक पर्यटकीय महत्वकासाथ यो महोत्सव आयोजन हुदैं छ । महोत्सव स्थल श्रीनवतनधाम धार्मिक पर्यटकीय स्थलको रूपमा स्थापित भई सकेको कुरा सर्वविदितै छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा वि.सं. २०६६ सालमा भएको यस नवतनधामको समुद्घाटन भएको थियो । यस धाममा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा राष्ट्रपतिबाट दर्शन एवं आरती गर्ने परिपाटि रहेको छ ।
आजभन्दा ४०० वर्ष पूर्वको तत्कालिन समयमा समाजमा जातीय विभेद लैंङ्गिक विभेद, छुवाछुत र विभिन्न कुरितिहरु विद्यमान रही समाज विसंगतिहरुले ग्रस्त थियो भने मुगल साम्राज्यबाट भारत बर्षमा सनातनधर्म संस्कृति घोर असहिष्णुता भएको अवस्थामा महामति श्रीप्राणनाथजीको प्राकट्यपछि मानव मानवमा जातीय, लैंङ्गिक विभेद हुनु मानवता प्रति अपराध हो भन्ने साश्वत सत्यलाई त्यस अवस्थाको कठीन परिस्थितिमा आम जनमानसमा संचार गर्ने कार्य गर्नुभएको थियो । हिन्दु धर्म संस्कृतिको रक्षाको लागि बुन्देल खण्डका महाराजा छत्रसाललाई शक्ति प्रदान गर्नुभएको थियो । उहाँद्वारा अवतारित श्रीमततारतम वाणीका मार्फत ति सास्वत सत्यलाई उजागर गर्नु भएको थियो ।
त्यस्ता युगपुरुष महामति श्रीप्राणनाथजीको प्राकट्य भएको ४०० वर्ष पुरा भएको उपलक्षमा उहाँका सन्देशलाई आम जनमानसमा पुर्याइ वसुधैव कुटुम्बकम, अहिंसा, दुर्व्यशनरहित, शान्ति र प्रेम भावयुक्त समाजको निर्माणमा सबैलाई जागरुक बनाउन चतुर्थ शताब्दी महोत्सवको योगदान रहने छ । नेपाल राज्यभर लाखौंको संख्यामा श्रीकृष्ण प्रणामी समुदायको बसोबास रहेको छ ।
यस समाज पुर्ण निरामिष समुदाय हुनुका साथै धुम्रपान, मद्यपान, लागु दुर्व्यशनजस्ता कुलत रहित यस समुदाय चोरी गर्नु, झुठबोल्नु, अरुको दिलदुखाउनु पाप हो भन्ने मान्यता राख्दछ । समुदायको प्रतिनिधि संस्थाको रूपमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल रहेको छ भने जिल्ला समिति तथा इकाइ समिति गरि १८० भन्दा बढी शाखाहरुबाट सामाजिक तथा धार्मिक कार्यहरु गर्दै आएका छन् ।
सेवा समितिको भ्रात्रृ संस्थाको रूपमा युवावर्गलाई गोलबद्घ गर्न श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र महिलाहरुको संस्था श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति समेत आआफ्ना शाखा विस्तार गरि सेवाकार्यहरु गर्दै आएका छन् ।
काठमाण्डौमा हुन लागेको यस बृहत महोत्सवको प्रचार प्रसारका लागी २०७५ बैशाख १ गते उपत्यकाका तिनजिल्लामा बृहतमोटर साइकल र्याली र २०७५ बैशाख ६ गते विशाल शोभायात्राको कार्यक्रम गरिने भएको छ ।