प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत

काठमाडौं, चैत २३ । भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन् ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरे।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए ।