रक्षामन्त्री पोखरेललाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा

काठमाडौँ, चैत २३ । गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी छन् ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले बताएको छ ।