‘काँग्रेसले सोच र कार्य शैलीमा परिवर्तन ल्याए नेतृत्वमा आउनसक्ने’

काठमाडौँ, चैत २३ । नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए ।

संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको नेता सिंहको भनाइ छ ।

उक्त अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट थालेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको बताए ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।