काठमाडौँ, चैत २६ । विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेका काष्ठमण्डप पुनःनिर्माण अभियानले बताएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक, मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै अगाडि बढ्न सकेको छैन । अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्ड अनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने उक्त अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारी निकाय, सरोकारवाला, विज्ञहरु र समुदायसँगको अन्तक्र्रियामा जनस्तरबाटै सम्पदाको पुनःनिर्माण गर्ने निष्कर्ष निकालिएको मानन्धरले बताए ।
सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपÞको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षम छौँ भन्ने सन्देश दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।