राजु थापा, क्यानडा । अप्रिल ०८, २०१८
क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रसाद पोखरेलले क्यानडामा बस्ने नेपाली समूदायमा बृहद रुपमा देखिन सक्ने मधुमेह रोगबाट बच्नका लागि नेपाली समुदायलाई लक्षित गरि आयोजना गरिएको मधुमेह सचेतना कार्यक्रमले ठुलो सहयोग पुग्ने बतायका छन् ।
उक्त कुरा उनले गैर आवासिय नेपाली संघ क्यानडा तथा नेपाली क्यानेडियन संगठन अटवाको संयुक्त आयोजनामा एक दिने मधुमेह सचेतना कार्यक्रमको अवसरमा बताएका हुन् । कार्यक्रममा सहभागिहरुलाई मधुमेह सम्वन्धि जानकारी र त्यसबाट बच्ने उपायका बारेमा भिदि अग्रवाल, जि ज्यागं र डायबिटिज क्यानडा बाट वान्डा रोमानिकले गराएका थिए । कार्यक्रममा नेपाली क्यानेडियन संगठन अटवाका ब्यवस्थापक रमेश श्रेष्ठले यस्ता कार्यक्रमहरुबाट सिकेका कुरा ब्यवहारमा उतार्न सके भविष्यमा यस्ता घातक रोगबाट बच्न सक्ने कुरा उल्लेख गरेका थिए । एनआरएनए क्यानडाका उप सभापति रमेश बानियाले नेपाली समुदायलाई लक्षित गरि आउदा दिनहरुमा बृहद रुपमा अन्य क्षेत्रहरुमा पनि यस्ता खालका कार्यक्रमहरुलाई ब्यापक गराई नेपाली समूदायमा छिट्टै डायबिटिज क्लिनिक संचालन गरिने बताएका छन् ।
कार्यक्रममा अटवा क्षेत्रमा रहने उल्लेख्य नेपाली समूदायका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले कार्यक्रम जानकारि र फलदायि भएको प्रतिकृया दिएका थिए । सन्तोष बरालले संचालन गरेको सो कार्यक्रमका सहभागिहरुका लागि सम्पूर्ण चिया नास्ताको लागि प्रायोजन गर्न पाउदा ईन्सुरेन्स एडभाइजर हेमराज पाण्डेले खुसि ब्यक्त गरेका छन् । कार्यक्रम गैरआवासिय नेपाली संघ क्यानडाका उप सभापति रमेश बानियाको सभापतित्वमा सम्पन्न भएको थियो ।