भक्तपुर, १ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने जानकारी गराएको छ ।
एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताएका छन ।
बोर्ड बैठक सकिए लगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको रेग्मीले बताएका छन । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्ष देखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । अन्य बर्षको तुलनामा यस बर्ष एसएलसी को नतिजा चाडै सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बताएको छ ।
एसइईको नतिजा भोलि सार्वजनिक हुँदै
0
Shares