संघीय प्रहरी नहुँदा प्रहरीमा अन्योलता : गृहसचिव

काठमाडौं, चैत २९ । संघीय प्रहरी ऐन छिट्टै ल्याइने गृहसचिव प्रेमकुमार राईले बताएका छन् । उनले मन्त्रालयले ‘फाष्ट ट्रयाक’मा ऐन ल्याउने गरी प्रक्रिया अघि बढाउने जनाएका छन् ।

बिहिबार गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दर्ज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले संघीय प्रहरी नहुँदा प्रहरीमा अन्योलता भएकाले छिट्टै ल्याउन लागिएको उनको भनाइ छ ।

त्यस विषयमा मुख्यमन्त्रीहरुसँग पनि छलफल भएको र प्रदेश प्रहरी आफुहरुकै मातहतमा हुने गरी कानुन बनाउन सुझाव आएको उनले बताए ।