बैसाख पहिलो साताबाट मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौं, चैत २९ । बैसाखको पहिलो साताबाट निर्वाचन आयोगले सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन थाल्ने भएको छ ।

आयोगले बैसाख २ गतेबाट सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षमा बसेको आयोग पदाधिकारी बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने निर्णय गरेको हो ।