किसान संघ जिल्ला अध्यक्ष घिमिरेको निधन

इलाम, चैत २९ । नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको ५५ वर्षको उमेरमा गए राति मृत्यु भएको छ ।

हिजोराति खानपिन गरेर सुतेका घिमिरे आज बिहान मृत अवस्थामा फेला परेको परिवार स्रोतले बताएको छ ।

घिमिरेको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बिहान करीब ८.३० बजेतिर नउठेपछि ओछ्यानमा उठाउन जाँदा घिमिरेको मृत्यु भइसकेको बताइएको छ ।

उनकोे आज नै अन्त्येष्ठी गरिने जनाइएको छ । मृतक घिमिरेका श्रीमती, छोरा बुहारी तथा एक छोरी छन् ।