काठमाडौं चैत्र ३० । नेपाली कांग्रेसका महामन्त्री डा.शंसाङ्क कोइरालाले तरुण दलले सातै प्रदेशमा गर्न लागेको प्रशिक्षण कार्यक्रमले नेपाली कांग्रेसलाई बल पुगेको बताएका छन । नेपाल तरुण दलको २ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको बिरगंजमा उद्घाटन गर्दै उनले तरुण दल यसरी जुर्मुराउदा कांग्रेसलाई थप शक्ति प्राप्त भएको प्रष्ट पार्दै तरुण दलको प्रसंशा गरेका छन् ।
तरुण दल बलियो र सशक्त भए नेपाली कांग्रेस स्वतः सशक्त हुने महाममन्त्री कोइरालाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले तरुण दल पार्टीको साथी संगठन भएकोले अझै ससक्त भएर अगाडि बढ्नु पर्ने बताए । प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली कांग्रेसलाई नयाँ उर्जा र शक्ति प्रदान गर्ने वक्ताहरुले प्रष्ट पारे ।
झापाको बिर्तामोडमा चैत्र २५ गतेबाट सुरु भएको सो प्रशिक्षण सातै प्रदेशमा संचालन हुने तरुण दलले जानकारी गराएको छ । निर्वाचन पछि पार्टीका गतिविधि सक्रिय रुपमा अघि बढ्न नसकिरहेको र अरु भातृसस्थाहरु पनि खासै परिचालन हुननसकेको समयमा नेपाल तरुण दल एकताबद्ध भएर देसब्यापी रुपमा प्रशिक्षणमा जुटेको छ । बिरगंजमा २ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको सभापतित्व तरुण दल अध्यक्ष जित जंग बस्नेतले गरेका थिए ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले चैत्र २५ गते झापा देखि बैशाख १६ गते डडेल्धुरा सम्म तरुण दलले सातै प्रदेसमा कार्यक्रम तय गरेको जानकारी गराए । महासचिव शाहीले तरुण दल अब संगठन निर्माणमा ससक्त ढङ्गले अगाडि बढ्न लागेको जानकारी गराएका छन् ।
२०७४ फागुन २२ र २३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको एतिहासिक राष्ट्रिय भेला सफलता पुर्बक सम्पन्न गरेको तरुण दलले “सम्पुर्ण तरुण प्रशिक्षित( सम्पुर्ण युबा संगठित“ अभियान अन्तर्गत देश भर प्रशिक्षण अभियान संचालन गरिरहेको छ । नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा “प्रदेश स्तरीय प्रशिक्षण“ कार्यक्रम सातै प्रदेशमा गर्न लागेको तरुण दलले बताएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सदले सहभागीता जनाएका छन् ।
तरुण दलको कार्यक्रम तालिका :
प्रदेश १) चैत्र २५ र २६ झापा
प्रदेस२) चैत्र २९ र ३० पर्सा
प्रदेस ३) बैशाख ३ र ४ हेटौंडा
प्रदेस ४) बैशाख ६ र ७ पर्बत
प्रदेस ५) बैशाख ९ र १० रुपन्देही
प्रदेमा७) बैशाख १२ र १३ डडेलधुरा
प्रदेस६) बैशाख ३० र ३१सुर्खेत