काठमाडौँ, चैत ३० । साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखीे नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्ण रुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल मार्फत पोष्ट गरी भ्रम फैल्याएको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेकाले त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्न र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत आग्रह गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
0
Shares