काठमाडौँ, वैशाख २ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको सो भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासो सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
0
Shares