चर्चित बन्दै ‘हैट’

काठमाडौं, बैशाख ५ । चलचित्र जगतमा छोटो भूमिकाबाट उदाएका कलाकार बुद्दि तामाङ्ग उर्फ ’हैट’ फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका समेत निभाइ सकेका छन् ।

त्यो मध्ये एक हो जेठ २५ मा रिलीज हुने चलचित्र ‘चङ्गा’ । उनको ‘हैट’ भन्ने थेगो दर्शकले खुबै रुचाएका पाइयो । ’डिट्ठासाब’को नामले परिचित किशोर भण्डारी निर्देशित चलचित्रमा बुद्दीले गज्जबको नृत्य गरेका देख्न पाइन्छ । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको ‘कम्पनी माला’ बोलको गीतमा उनि नाचेका छन् ।

चलचिब पूर्णरुपमा हास्यव्यङ्ग्यले भरिएको बताईन्छ । निर्देशक भण्डारीले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको जानकारी गराएका छन् । यस चलचित्रमा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको प्रमूख अभिनय रहेको छ ।