- कृष्णप्रसाद काश्यप
एभरेस्ट इन्स्योरेन्स कम्पनी लि. को २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७३÷०७४ को मुलनाफाबाट दश प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनार्थ रु ६३९,४७४.०० नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
साथै, कम्पनीको सेयर संरचनामा न्यूनतम एकाउन्न प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयरपश्चात् हुन आउने कुल चुक्ता पुंजीमा यस कम्पनीको शेयरधनीलाई एक बराबर एक दशमलव शून्य पाँच संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनीलाई एक बराबर तीन हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।
शेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व गर्न पाँच जना संचालकहरु राजीव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएका छन् ।
0
Shares