भिक्टोरियान नेप्लीज क्रिकेट एशोसिएसनको आयोजनामा सन्चालन भैरहेको ओली एन्ड एसोसियट्स एक दिवसिय क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा स्टारले जितेको छ । एकतर्फी फायनलमा ब्रुन्स्वीक इस्र्टनलाई छ विकेटले सहजै हरा
उदै सगमारथाले यस बर्षको उपाधि जितेको हो ।
टस जितर पहिलो ब्याटिङ राजेको ब्रुन्स्वीक इस्र्टन सगरमाथाका बलर अगाडि खुलेर खेल्न सकेनन । ३५ ओभरको खेलमा २५ ओभरमै अल आउट हुन पुगेको ब्रुन्स्वीकले ९७ रनेको झीनो लक्ष्य बनाएको थियो । प्रतिउत्तरमा ९८ रनेको विजयलक्ष्य बोकेर मैदानमा आएको सगरमाथा स्टारले १५ ओभरमा चार खेलाडी गुमाउदै विजय लक्ष्य पुरा गरेको थियो ।
ब्रुन्स्वीकका लागि उत्सव देवानले १५ रन र सागर हमालले ११ रन तथा सुरज ऐरले १० रनको योगदा दिएका थिए । सगरमाथा स्टारका सुरज थापाले चोटिलो बलिङ गर्दै तिन विकेट हात पारे भने अच्युत बर्तौलाले दुइ विकेट तथा कुशल तुलाधरले दुइ विकेट हात पारेका थिए ।
मध्यम विजय लक्ष्य लिएर मैदानमा उत्रेको सगरमाथाका बिक्रम श्रेष्ठले सर्वाधिक अविजित ४२ रनको पारी खेलेका थिए । यस्तै असिम सुबेदीले ३५ रन जोडेर टोलीको जित सहज बनाएका थिए । ब्रुन्सवीकका बलरहरुमा सागर हमालले तिन विकेट लिएका थिए ।
फायन्ल खेलमा सुरज थापा म्यान अफ दी फाइनल घोषित भए । प्रतियोगिताको बेष्ट ब्याट्सम्यानमा गोर्खालीका प्रेम राज उप्रेती ,बेष्ट बलरमा ब्रुन्स्वीकका मनिष अधिकारी बेष्ट किपरमा सगरमाथा रेनगेड्सका सुमित दाहाल र प्रतियोगिताको म्यान अफ दी सिरिजको उपाधि सुरज थाथा घोषीत भए ।प्रतियोगिताका विजेताहरुलाई भिक्टोरियाका महाबाणिज्यदुत चन्द्र योन्जनले ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । समापन कार्यक्रममा भिक्टोरियान नेप्लीज क्रिकेट एशोसिएसनका अध्यक्ष यशवन्त सुबेदीले प्रतियोगितालाई सफल बनाउने मुख्य प्रायोजक ओली एन्ड एशोसिएट्सका सुरान्त ओली,मोबाइल क्लीनिङका सविन महाजु, स्टडी स्पोर्ट्सका विपिन अग्रवाल,वेल स्ट्रीटका गोविन्द पाठक, लालिगुराँंस ग्रोसरीका बिशाल बुढाथोकी , नेप्लीज क्रिकेट एशोसीएसन ,अस्ट्रेलियाका अजय क्षेत्री र निरोज खातीलाई धन्यबाद ज्ञापन गरिएको थियो । समापनमा सचिब प्रयास सुबेदी र सदस्य मनित लालवानीले सहभागि टोलीलाई धन्यबाद ज्ञापन गरेका थिए ।