बजेट अधिवेशन बैशाख २३ गते डाक्न सरकारसमक्ष प्रस्ताव

काठमाडौ, बैशाख १० । संसद्को बजेट अधिवेशन बैशाख २३ गते डाक्न संघीय संसद् सचिवालयले सरकारसँग प्रस्ताव गरेको छ ।

नीति तथा कार्यक्रम र बजेटपहिलाको छलफलका लागि ढिलामा २३ गते अधिवेशन बोलाउन उपयुक्त हुने सल्लाहसहित सचिवालयले सरकारलाई प्रस्ताव गरेको सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी गराएका छन् ।

संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य भएको थियो ।

निर्वाचनपछि फागुन २१ गतेदेखि पहिलो अधिवेशन डाकिएको थियो ।