स्वास्थ्य क्लिनिकमा आगलागी

बाँके, वैशाख १६ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा गएराति विद्युत् तार सर्ट भएर आगलागी भएको छ ।

उक्त आगलागीबाट लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

क्षतिको पूर्ण विवरण अझै नआएको प्रहरीले बताएको छ ।