अन्तरघातीलाई नेतृत्व तहले कारबाही गर्नुपर्छ

–महेन्द्र प्रसाद गिरी
नेपाली कांग्रेसका ठूला बडा नेताहरुको कुरा काम गर्ने शैलीले हामीजस्ता पुराना र सक्रिय पिडित कार्यकर्ताहरुलाई आश्चर्य चकित पार्ने मनोवृत्ति देखिन्छ । किनकी जब राष्ट्रिय चुनाव आउँछ त्यति बेला नेताहरु एक आपसमा दोसारोपण गर्न सुरु गर्छन् । संस्थापन पक्ष धर नेताहरु आफुले टिकट नपाउँदा सिधै अन्तरघात गर्ने खेलमा लाग्छन् । जसरी भए पनि टिकट पाएका नेता हराउन पाए सबैभन्दा ठूलो उपलब्धि हाँसिल भएको भन्दै फेरि केन्द्रका नेताहरुको पछि लागेर त्यही अन्तरघातीलाई कारवाही गर्नुको सट्टा त्यसैलाई टिकट दिएर पठाउने चलन कांग्रेसको पुरानै हो । त्यो चलन नेता गिरिजा प्रसादको पालाबाट प्रारम्भ भयो ।

आज पनि त्यही पाठ पढेर आएका नेता ज्यूहरु नेपाली कांग्रेसको केन्द्रमा बसेर समिक्षा गर्ने भन्दा मलाई लाज लाग्यो र जानी नजानी यो लेख लेख्न बाध्य भएँ । सबै नेताले एउटा शेरबहादुरको गल्तीले पार्टी भाचियो भन्दछन् । हामीले अन्तरघात गरेर हारेको कसैले भनेनन् । गाउँदेखि केन्द्रसम्म आइपुग्दा अन्तरघात नभएको थियो भने नेपाली कांग्रेसको सम्मानको भोट आउनेमा दुइमत छैन । पछिल्लो समय नेपाली कांग्रेस केन्द्रिय कार्य समितिका अधिकांश नेताहरुले शेरबहादुर कै कारण पार्टी यो स्थानमा पुगेको हो भन्नु लजास्पद कुरा हो । देउवाजीले २०१२ सालको सम्झना गर्दै १५,२० जना नेताहरुलाई जबसम्म कारबाही गर्नु हुँदैन, तबसम्म यो पार्टी अगाडी बढ्दैन र पुराना कार्यकर्ताको मुल्यांकन हुँदैन । अन्तरघात गर्ने व्यक्तिलाई जब पार्टी नेतृत्वले कारबाही गर्ने हिम्मत गर्दैन तबसम्म पार्टी जित्दैन र संगठन पनि हुँदैन ।

आफै अन्तरघात गर्ने अनि आफै संगठन भएन भन्ने सोच समिक्षा गर्ने हो भने गाउँ गाउँमा गएर पुराना बुढा कार्यकर्ता सित सोध्नु जरुरी छ । कांग्रेस कसरी हारेको हो पत्ता लागाउन त्यसपछि केन्द्रिय नेताहरुलाई सहज होला । सोझा सिधा कार्यकता एवं पुराना कांग्रेसी नेताहरुलाई सोध्नुपर्छ कांग्रेस किन हार्यो भनी त्यसपछि जवाफ अवश्य आउनेछ । गाउँ गाउँमा गएर जसले कांग्रेसलाई भोट माग्नु पर्नेमा एमालेमा भोट हाल भन्ने कांग्रेस अहिले पनि हारेको भने छैन ।

सत्ताको मात्र लोभमा नेतालाई जनताको खोजी कहाँ पो होला र ? पार्टी अहिले पनि हारेको छैन, कांग्रेसका विपक्ष पार्टीको आत्मभर अहिले पनि कांग्रेसको भोट हेरेर कांग्रेसका विपक्ष नेताहरु ढुक्कमा भने छैनन् । त्यसकारण पार्टी दह्रो बनाउने हो भने अन्तरघातीलाई कारबाही गर्ने चलन बसाल्नु जरुरी छ । अन्तरघातीलाई कारबाही गर्ने हिम्मत नगर्ने हो भने कांग्रेसको अवस्था अझ दयनीय नहोला भन्न सकिन्न ।

नेपाली कांग्रेसको सच्चा सिपाहीको नाताले मात्र मैले यति भन्ने अधिकार पाउँछु । नेपाली कांग्रेसको सँधै भलो र सफल भएको देख्ने एक जनताका रुपमा मैले नेपाली कांग्रेसका वरिष्ठ नेताहरुलाई सुझाव मात्र दिने कोशिश गरेको हुँ ।
अन्तमा कांग्रेसमा पुराना कार्यकर्ता र नयाँ कार्यकर्ताको मुल्यांकन हुनु जरुरी छ । नत्र कांग्रेसले लामो कुर्ता लगाएर म ठूलो नेता हुँ भनेर देखाउने मात्र काम हुनेछ । यि दुवैको मुल्यांकन हुनु जरुरी छ ।