काठमाडौँ, वैशाख १७ । आज बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको बैठक स्थगित भएको छ ।
विशेष कारण स्थगित गरिएको सो बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो ।
सभापति देउवाले बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी तयारी गरेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको पाइएको छ ।
काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।
कांँग्रेसको महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । विधान अनुसार दुई महिनाभित्र्रे पदाधिकारी मनोनयन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।