बुटवल, वैशाख १८ । सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालको आरोप छ ।
आज रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गरे । नेता रिजालले सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाएका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी हटाउन उनले सुझाव दिएका छन् ।
काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले एकलौटी निर्णय भए मान्य नहुने भन्दै सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने बताए ।
0
Shares