संघीय संसदको बजेट अधिवेशन ४ बजेबाट शुरु

काठमाडौं, बैशाख २३ । संघीय संसदको बजेट अधिवेशन आज अपराह्न ४ बजेबाट शुरु हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आह्वान गरेको संसदको अधिवेशन आइतबार बस्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले बताएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन शुरु भएको जानकारी पत्र पढेर सुनाउने कार्यसूची रहेको सचिवालयले जानकारी गराएको छ ।

त्यसैगरि सचिवालयले हालैमात्र जारी भएका अध्यादेश संसदमा पेश गर्ने तयारी गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन अध्यादेश पेश हुने कार्यसूची छ ।