प्रम मोदीलाई २९ गते अभिनन्दन गरिने

काठमाडौँ, वैशाख २३ । यही वैशाख २९ गते काठमाडौँ महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकालले वैशाख २८ गते नेपाल भ्रमणका लागि आउन लागेका प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २ः४५ बजे अभिनन्दन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने अर्थका साथ भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्ने उनले बताएका छन् ।