शैक्षिक परामर्शदाताहरुको काम र कर्तब्यको खोजिहुदै गर्दा डार्बिनलाई मुख्य केन्द्रबिन्दु बनाएर आफ्नो ब्यवशाय चलाउदै आएको केबीए ग्लोबल एजुकेशन एन्ड माइग्रेशनले नया खाले योजनाका साथ सिडनीमा आफुलाई प्रतिस्पर्धामा उतारेको छ । यही आउदो शनिबार दिन कोग्राहस्थीत कोग्राह लाइब्रेरीमा केबीए ग्लोबलले बिध्यार्थीहरुका लागि एक दिने क्यारियर
वर्कशप आयोजना गर्नेभएको छ । यसका लागि बिध्यार्थीले निशुल्क नाम दर्ता गराए पुग्ने छ ।
अस्ट्रेलियामा आउने नया बिध्यार्थी भाइ बहिनीहरुलाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको सो वर्कसपमा शिक्षासँंगै बिध्यार्थीहरुका लागि महत्वपुर्ण मानिदै आएको काम र यसका लागि आवश्यक आवेदन तथा अन्य बिषयमा तालिम दिइनेछ । अस्ट्रेलियामा आइसकेपछि यहाको परिवेशमा कस्तो काम खोज्ने अनि रोज्ने र त्यसका लागि कसरी आवेदन दिने भन्ने बिषय निकै महत्वपुर्ण रहन्छ , हामीले बिध्यार्थीलाई नेपालवाट यहाँं ल्याउने मात्र हैन यँंहा ल्याएर पनि उनिहरुलाई कसरी स्थापीत गर्न सक्छौ भन्ने सोचका साथ यो तालिम सुरु गरेका हौ ,केबीए ग्लोबलका निर्देशक शम्भु कडेलले बताए । शैक्षीक परामर्शदाताको काम परामर्श दिने मात्र नभइ बिध्यार्थीसँंग जोडिएका अरु सवालमा पनि आफ्नो कर्तब्य पुरा गर्नु पर्ने हुन्छ भन्ने हाम्रो मान्यता हो ,कडेंलले भने । कतिपय बिध्यार्थीहरु यहा आएरपनि स्मार्ट तौर तरिका नअपनाउदाँं कामवाट बिमुुख हुनुपरेको हामीले देखेका छौ , नेपाल भन्दा निकै फरक र अलग शैलीको मान्यता बोकेको अस्ट्रेलियामा काम खोज्न र अन्र्तवार्ता दिदाँ अपनाउनु पर्ने तौर तरिकाका बिषयमा सिकाउने प्रयास गर्नेछौ ,कडेंलले तालिमको बिषयमा भने । सँंगसगै बिध्यार्थीले अध्यनका लागि रोजेको बिषय र खाजेको भबिष्यका बारेमा पनि आवश्यक सुझाब प्रदान गरिने कुरा केबीए ग्लोबलले जनाएको छ ।
0
Shares