समस्या न्यूनीकरणका लागि वैदेशिक रोजगारसम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौँ, वैशाख २५ । वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न श्रम तथा रोजगार मन्त्रालयले पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीका समस्या निर्मूल पार्नका लागि सहयोग गर्ने मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले जनाए ।

मन्त्रालयले समन्वयात्मक रुपमा सम्बन्धित मुलुकका राजदूतावास र सरकारसँग वैदेशिक रोजगारीका लागि काम गर्छ, घिमिरेले भने रोजगारीका लागि नेपाली युवालाई कुण्ठित गर्न भने सरकारले खोजेको होइन ।

वैदेशिक रोजगार नेपालको बाध्यता भएको भन्दै उनले पूर्व राजदूतहरुसँगको छलफलबाट सरकारले जाँचबुझ निर्देशिकाको निचोड निकालेको बताए ।