काठमाडौँ, ५ असार । सिङ्गापुरमा हुने आइसिसी विश्वकप क्रिकेट छनोट अन्तर्गत उन्नाइस वर्षमुनिको क्रिकेट खेलका लागि १८ सदस्यीय खेलाडीको टोली चयन गरिएको छ ।
आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले खेलाडीको छनोट गरिसकेका छन् । सो क्रिकेट खेल अन्तर्गत चयन हुनेमा आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, र सुशान्त सिंह थापा पवन सर्राफ, किशोर महतो तथा अनिलकुमार साह, रहेका छन् ।
त्यसैगरी, रसिद खान सुन्दीप जोरा, विक्रमकुमार भुसाल, प्रकाश केसी, शाहव आलम, प्रनित थापा मगर, राजन ढकाल र आदिल खान चुनिएका छन् ।
0
Shares