मोरङ, वैशाख २६ । सरकारका कारण देश अधिनायकवादतर्फ अघि बढेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा डा कोइरालाले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको जिकीर समेत गरे ।
वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको प्रष्ट पारे ।
नेपाली काँग्रेस पार्टीभित्र मौलाएको चरम गुटबन्दी नेतृत्व तहबाटै त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार समेत व्यक्त गरेका छन् ।
0
Shares