क्यानडाकाे ईमिग्रान्ट अवार्ड २०१८ छनोटकाे प्रतिष्पर्धामा नेपाली

  • राजु थापा, क्यानडा 

लामो समय देखि क्यानडा बस्दै आएका प्रोफेसर डा तुल्सी धरेल आरबिसिले प्रदान गर्ने ईमिग्रान्ट अवार्ड २०१८ छनोटकाे प्रतिष्पर्धामा परेका छन् ।

उक्त अवार्ड बिभिन्न मुलुकबाट क्यानडामा आएर समुदायमा गरेको योगदान स्वरुप बिभिन्न ब्यक्तित्वहरु मध्य २५ जनालाई उक्त अवार्ड दिईन्छ । यसमा नेपाली पर्नु गौरवको बिषय हो ।

उनलाई बिजय गराउन तपाई हामीको साथ र सहयोग चाहिन्छ त्यसैले उनले क्यानडामा बस्ने सबै नेपाली समुदायका सदस्यहरु संग तलको लिंकमा क्लिक गरेर आफुलाई भोट गर्न अपिल गरेका छन् ।

Vote

डा धरेल सेनटिनियल कलेज टोरोन्टोमा प्रोफेसरका रुपमा कार्यरत छन् । उनले २०१५ मा आफु कार्यरत कलेज बाट १० उत्कृष्ट प्रोफेसर अवार्ड प्राप्त गरेका थिए । साथै गत बर्ष २०१७ मा क्यानेडियन मल्टीकल्चरल काउन्सिलले प्रदान गरेको आउट स्यान्डीगं एसियन अवार्ड बाट सम्मान भएका थिए ।

स्मरनिय के छ भने उनी नेपाली कम्यूनिटी लगायत क्यानडामा रहेका अन्य संघ संथामा समेत सक्रिय छन् ।

उनलाई उक्त अवार्ड प्राप्तिका लागि एबिसि ईन्टरनेसनल मिडिया क्यानडाको तर्फबाट अग्रिम बधाई तथा शुभकामना !!!