काठमाडौं, ३० वैशाख । ललितपुरको जावलाखेलमा आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाईदै छ ।
यही अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
उपत्यका कै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाए पछि सम्पन्न हुने प्रचलन छ । भोटो जात्रा शुरु भएको यकिन तिथिमिति भने अहिलेसम्म पत्ता लागेको छैन् ।
राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् ।
0
Shares