असार ६ । हाल हुन गइरहेको स्थानीय तह दोश्रो चरणको तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा आउन सफल हुने नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दाबी गरेका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट कार्यमा पनि क्षमता, योग्यता र पार्टीको लागि योगदान दिएका व्यक्तिहरुलाई दिइएको हुँदा कांग्रेस पहिलो स्थानमा आउने उनको भनाइ थियो । यस्तै, उनले नेकपा (एमाले)का अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई अलमलमा राखेको बताए । सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उनको भनाइ थियो ।
0
Shares