काठमाडौँ, वैशाख ३० । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी तथा सदस्यको मनोनयनमा विवाद उत्पन्न भएको छ ।
संघका अध्यक्ष उमा रेग्मीले यही वैशाख २८ गते गरेको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले आज एक विज्ञप्तिमार्फत असहमति प्रकट गरेकी हुन् । महासचिव खतिवडाले महाधिवेशनबाट नेतृत्व चयन भएको करीब दुई वर्ष बितिसके पछि गरिएको मनोनयन आफँैमा सुखद हुनुपर्ने भए पनि यो महिला संघको सांगठनिक जीवनका लागि सुखद हुन नसकेको उल्लेख गरिएको छ ।
संघको विधान उल्लेख गर्दै अध्यक्ष रेग्मीले केन्द्रीय समितिमा छलफलसमेत नगरी मनोमानी ढंगले मनोनयन गरेर संघ भित्र विबादकोे वातावरण सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्षले गरेको पदाधिकारी मनोनित सिंगो नेपाली महिला आन्दोलन, महिला संघ र समग्र पार्टीको हितमा छैन भन्ने हाम्रो ठहर हो । तीनवटै चरणका निर्वाचनमा पार्टीले हार व्यहोरेका अवस्थामा हामी सबै एकजुट भई पार्टीको हितमा लाग्नुपर्ने बेलामा अध्यक्षको मनोमानी ढंगले संगठनलाई थप क्षति पु¥याउने पक्का छ, विज्ञप्तिमा उल्लेख छ ।
मनोनयनको निर्णय पुनःविचार गरी सामूहिक आधारमा विधिसम्मत ढंगले निर्णय गर्न माग गर्दै अध्यक्षको एकलौटी र मनोमानी निर्णयको पुनःविचार नभए यसले संघको सांगठनिक जीवनमा हुने क्षतिको जिम्मेवार स्वयं अध्यक्ष नै हुने खतिवडाले चेतावनी समेत दिएकी छिन् ।