युवा संघद्वारा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन

काठमाडौँ, जेष्ठ १ । युवा संघ नेपालले २४९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । सङ्घको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि पूर्णता दिइएको उपाध्यक्ष प्रभातविक्रम कटवालले बताए ।

आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय भएको बताइएको छ । यसअघि महाधिवेशनका लागि आयोजक कमिटीका संयोजकमा नीरुदेवी पाल र राजीव पहारीलाई समेत जिम्मेवारी दिइएको थियो । संगठनभित्रको आन्तरिक समस्या तथा राज्यका तीनै तहका चुनाव भएका कारण निर्धारित समयमा महाधिवेशन हुन सकिरहेको छैन ।

अधिवेशनका लागि २० समिति पनि गठन गरिएको छ जसमा राजनीतिक प्रतिवेदन लेखन समिति संयोजकमा रमेश पौडेल, मूल व्यवस्थापन समिति संयोजकमा किरण पौडेल, साङ्गठनिक समितिमा नरेश शाही, प्रचारप्रसार समितिमा कटवाल रहेका छन् ।

रमेश पौडेल नेतृत्वको आयोजक कमिटीले वाइसिएलसँग एकताका लागि आवश्यक गृहकार्य गरी महाधिवेशनका लागि तिथि तय गर्ने बताइएको छ । सघं( सिरहा अधिवेशन पहिले प्ररायुसका अध्यक्षमा केपी शर्मा ओली, केशव स्थापित, उदयराज पाण्डे, पशुपति चौलागाईँ, गोकर्णराज विष्ट, अजम्बर काङ्माङ, महेश बस्नेत रहिसकेका छन् ।