नेकपा एमाले केन्द्रीय कमिटीको भोलि आकस्मिक बैठक बस्दै

काठमाडौँ, जेठ २ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार आकस्मिक बस्ने भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयका लागि भोलि बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठद्वारा आज जारी र्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका–टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ ।

पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने बताएको छ ।