६ असार । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका दिलाउनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा नियकायलाई गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।
गृहमन्त्री शर्माले प्रदेश नम्बर ७ मा आयोजना गरिएको स्थानीय तह निर्वाचन सुरक्षा गोष्ठीको उद्घाटन गर्दै पहिलो चरणको चुनावको अनुभवलाई समेट्दै सुरक्षा व्यवस्था कडा बनाउन सुझाव दिएका हुन् । सुरक्षाको सम्पूर्ण तयारी भइसकेको गृहमन्त्री शर्माले बताए । उनले २ नम्बर प्रदेशमा चुनाव सर्नुको कारणबारे राखेको जिज्ञासामा सुरक्षाको कारणले नभई ऐनको संशोधनको विषयका कारण राजपाकै सहमतिमा चुनाव सारिएको बताए ।
सो गोष्ठीमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, मुख्य निर्वाचन आयुक्त लगायत प्रदेश नम्बर ७ का तीन वटै निकायका प्रमुखहरुले सहभागिता जनाएका थिए ।