अमेरिकी डलरको भाउ उकालो लाग्यो हेर्नुहोस् कुन कुन देशको विनिमय दर कति छ

काठमाडौँ, जेठ ३ । पछिल्लो समय अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ ओरालो लागेपछि यसको सीधा असर नेपाली मुद्रामा पर्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार भाउ बढेर आज एक यूएस डलरको खरिददर मूल्य १०८ रुपैयाँ १८ पैसा छ भने विक्रिदर मूल्य १०८ रुपैयाँ ७८ पैसा पुगेको छ । त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ ।

एक यूके पाउण्डको खरिददर १४५ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ७२ पैसा छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने र बिक्रिदर भने २९ रुपैयाँ रहेको छ ।

त्यस्तै, एक कतारी रियाल खरिददर २९ रुपैयाँ ७१ पैसा र विक्रिदर २९ रुपैयाँ ८८ पैसा पुगेको छ । एक युएई दिर्हामको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ ।

पछिल्लो केहिदिनदेखि यता डलरको भाउ ह्वात्तै बढेर उकालो लागेको हो ।