चकलेटी लुक्सका धनी प्रदिप ‘रोजी’ को हत्या आरोपी बने

काठमाण्डौ, जेष्ठ ३ । । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री(जुँगामा उनले अदालतको कठघरामा उभिएर रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । यो सब उनले चलचित्र ‘रोजी’ को सुटिङमा गरेका हुन् ।
चकलेटी लुक्सका धनी उनलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो परेको थियो ।

बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ को पहिलो दिनको सुटिङ प्रेमिकाको हत्या आरोपमा अदालतमा प्रदीपलाई उपस्थित गराएसँगै सुरु भएको छ ।

’प्रेमगीत’, ’प्रेमगीत २’, ’लिलिबिली’ मा प्रेमिकाको प्रेममा ’दिवाना’ बनेका प्रदीप ‘रोजी’ मा भने प्रेमिकाको हत्यारा बनेका छन् । किन गरे त प्रेमिकाको हत्या ? अदालत सामु उनी भन्दै थिए, ’मैले रोजीलाई मारेको होइन । मुक्ति दिएको हुँ ।’ उनले प्रेमिकाको हत्या गर्नुको कारण भने खुलाएनन् ।

अब यो सस्पेन्स त फिल्म रिलिजपछि मात्र खुल्नेछ । के कारणले ? के गतिले मारे त्यो सब जान्नको लागि दर्शक हलसम्म नै पुग्नुपर्छ भन्ने अठोट निर्माण टिमले गरेको छ ।

यस चलचित्रमा प्रदीप र परमिताका अलावा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । यस फिल्मको सुटिङ बालाजुको एनएफडिसी हलबाट सुरु भएको हो । फिल्मको मुहर्त सट प्रदीपले अदालतमा उपस्थित भएर दिए ।

प्रदीपले यस फिल्मका लागि २५ लाख पारिश्रमिक बुझेको चर्चा छ तर उनले भने केही खुलाएका छैनन् । यस चलचित्रमा अभिनेता कर्मा पनि यस चलचित्रमा काम गर्दैछन् । यसको एक सदस्य बन्न पाएकोमा दंग देखिन्थ र प्रदीप जस्तो सुपरस्टारसँग काम गर्न पाउनुमा उनी आफुलाई भाग्यमानी ठानेको समेत बताए ।

अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ । यस फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् । यसअघि उनले ’कुसुमे रुमाल २’ र ’होमवर्क’ निर्देशन गरिसकेका छन् । हेरु उनले यसबाट कतिको सफलता पाउँछन् त्यो भने रिलिजपछि नै पत्ता लाग्नेछ ।