साल्ट ट्रेडिङ रासायनिक मलको कारोवारमा वृद्धि

विराटनगर, जेठ ४ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरले पूर्वाञ्चलमा रासायनिक मल प्रारम्भ गरेको छ । यसको मुख्य उद्देश्य भनेको कृषि क्षेत्रमा उत्पादनको वृद्धि गर्न र मलको समस्या पूरा गर्न बताइएको छ । साल्ट कारोवार पनि अत्यधिक रुपमा वृद्धि भएको जानकारी गराइएको छ ।

आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणले सफलता हात पार्दै आएको छ । कृषि सामग्री संस्थानले किसानलाई खेतीका लागि आवश्यक परेकाबेला रासायनिक मल उपलब्ध गराउन नसक्दा र मलको हाहाकार भएकाबेला २०७० सालबाट साल्ट ट्रेडिङले रासायनिक मल उपभोक्तालाई वितरण गरेको सहकारी संस्थाका पदअधिकारीले जानकारी गराए ।

सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायतका ग्रामीण तथा दुर्गम क्षेत्रमा साल्ट टे«डिङ अञ्चल कार्यालय विराटनगरका अनुसार ३८७ वटा सहकारी संस्थामार्फत मल बिक्री तथा वितरण भइरहेको छ ।

कार्यालय प्रमुख नवीनचन्द्र झाका अनुसार २०७४ साउनदेखि २०७५ वैशाखसम्ममा युरिया मल दुई लाख २७ हजार बोरा, डिएपी मल ६७ हजार बोरा र पोटास पाँच हजार बोरा र एमोनियम सल्फेट दुई हजार ८०८ बोरा बिक्री वितरण भएको छ । प्रत्येक मलको बोरा ५० किलोको रहेको बताइएको छ ।

यसरी किसानलाई मलको लागि हाहाकार भएको बेलामा साल्ट ट्रेडिङले कृषकको समस्याको समाधान गरेको हो । त्यसबखतमा कृषि सामग्री संस्थानले किसानलाई खेतीका लागि आवश्यक परेकाबेला रासायनिक मल उपलब्ध गराउन नसक्दा सोही अवसर पारेर २०७० सालबाट किसानलाई मात्र नभएर यस संसाथनको समेत करोबारमा बृद्धी भएको छ ।