काठमाडौँ, जेठ ४ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले देशका विभिन्न स्थानमा महिला हिंसा वृद्धि हुँदै गएको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै उक्त विषयमा सरकारको धारणा मागेका थिए ।
सभामुख महराले सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
0
Shares