बैतडी, जेठ ६ । नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । हिजो नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ ।
नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको स्पष्ट पार्दै उनले भने काँग्रेसकै नेतृत्वमा संविधान बनेको होे, काँग्रेसकै नेतृत्व हुँदा तीनै तहको निर्वाचन सम्पन्न भएको हुनाले काँग्रेसले देश निर्माणमा ठूलो भूमिका खेल्दछ ।
प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीहरु एक भइसकेको अवस्थामा काँग्रेस कार्यकर्तालाई पनि एकढिक्का भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
0
Shares