चितवन, जेठ ६ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको सडकमा आज बिहान खसेको परिरोका कारण सकड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेर सडर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।
दिउँसोको समयमा उक्त सडक बन्द गरिने भएकाले विहान बेलुकाको समयमा सवारीको चाप निकै हुने गर्दछ ।
0
Shares