नेकपाका केन्द्रीय सदस्यमा एमालेबाट ४५ जना थपियो

काठमाडौं, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा ४५ जनाको नाम थपिएको छ ।

तत्कालिन एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले ४५ जना केन्द्रीय सदस्य नियुक्त गरेका हुन् । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सय केन्द्रीय सदस्य मिलाएर ४ सय ४१ सदस्यीय समिति बनाउने सहमति यस अघि भइसकेको छ ।

केन्द्रीय सदस्यहरुमा युवराज खतिवडा, गोकुल बास्कोटा, निरज आचार्य, विष्णु रिजाल, विनोद ढकाल, नरेश खरेल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी र राजेन्द्र गौतम केन्द्रीय सदस्य नियुक्त भएका छन् । त्यसैगरी राजेन्द्र गौतम, देवी ज्ञवाली, प्रमोदनारायण शाह, समिममिया अन्सारी, देवेन्द्र दाहाल, आनन्द पोखरेल, रहेका छन् ।

त्यस्तै डोरमणी पौडेल, कैलाश ढुंगेल तथा महेश पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठबसन्त मानन्धर र केशवलाल श्रेष्ठ सदस्य छनोट भएका छन् ।

दिलुकुमारी पन्त, टेकबहादुर राना, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी र श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, बिमला घिमिरे केन्द्रीय सदस्य बनेका हुन् ।

त्यसैगरी गोविन्द शाह, भानुभक्त जोशी, एबबहादुर राना, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, चन्द्रबहादुर शाही, दयालबहादुर शाही, अच्युत मैनाली र बलराम बास्कोटा केन्द्रीय सदस्य बनेका छन् ।