काठमाडौं, जेठ ७ । संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्दैछिन् ।
उनले दिउँसो ४ बजे संसद् बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।
मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति भण्डारीले सोमबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।
0
Shares