मे २१, २०१८ राजु थापा
क्यानडा, ब्राम्पटन क्रिकेट लिगले आयोजना गरेको डिभिजन थ्रि खेल बाट नेप्लीज क्यानेडियन क्रिकेट कल्वलले आफ्नो सुरुवाती गरेको छ ।
नेपालमा क्रिकेट खेलको तिब्र बिकास संगै क्यानडामा रहेका नेपाली क्रिकेट खेलाडिहरु पनि जोस जांगरका साथ लाग्न थालेका छन् । क्यानडाको ब्यस्त समयमा समेत यस खेलमा चासो र उत्सुकता लिएर लाग्नुले नेपाली क्रिकेटरहरुले क्यानडामा पनि केहि गरेर देखाउने लक्षण देखापरेको छ । नेपाली राष्ट्यि क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुद्धु दसानायके क्यानडामा रहेका कारण पनि केहि हौसला मिलेको छ । उनले नेपाली समूदायका युवाहरुले सुरु गरेको क्रिकेट कल्वमा आफ्नो तर्फ बाट सधै साथ र सहयोग रहने बताएका छन् ।
केहि महिना अगिमात्र क्यानडामा दर्ता गरि शुभारम्भ गरेको यस नेप्लीज क्यानेडियन क्रिकेट कल्वले आफ्ना गतिविधिहरु लगायत सक्रिय रुपमा तालिम अगाडि बढाउदै छ । हाल उक्त कल्वमा ३४ जना खेलाडीहरु २०१८ तालिमका लागि दर्ता भैसकेका छन् । जसमध्य, बिकाश थापा, इमरान खान, अम्रित थापा, निरन्जन श्रेष्ठ, निरन्जन थापा, मन बहादु विके, सुर्य थापा, नवांग शेर्पा, आयुष्मान धमला, बिकाश ढकाल, उत्सव शर्मा, किशोर श्रेष्ठ, निरोज अधिकारि, दिनेश ज्ञवाली रहेका छन् । त्यसैगरि कमल गुरुगं, सुनन्द सुवेदि, राजन तामांग, कुशल भाट, लोकेन्द्र राना, चन्द्र चापागाँई, राकृष्ण पौडेल, रोपेस गुरुगं, आयुष धमला रहेका छन् । त्यसै गरि सहर्ष वली, सम्राट गौतम, मनोज बिके, बिन्दु श्रेष्ठ, किरोज श्रेष्ठ, अनिल थापा, चन्द्र भुसाल, प्रमेश दाहाल, बिपिन पराजुली, दिनेश वानियाँ र आशिर्वाद सुवेदी रहेका छन् ।
क्यानडाको मौसमका कारण इनडोर प्राक्टिस गराउदै आएको कल्वले मे २० देखि सुरु भएको ब्राम्पटन क्रिकेट लिग खेल्न थालेको हो । यस लिगमा क्यानडामा रहेका हरेक देशका ३५ टिमको सहभागिता रहेको छ । २०१८ अक्टोबर सम्म संचालन हुने यस लिगमा प्रत्यक टिमले ८ टिम संग १४ गेम खेल्नु पर्ने छ । यस लिग बाट ३ टिम छनौट भै डिभिजन दुईमा पुग्ने छन् ।
क्रिकेट खेल महगों र लामो समय सम्म खेल्नु पर्ने भएका कारण यसको भविष्य र स्थाइत्वको बारेमा भने खेलाडी, खेलप्रेमी र क्यानडामा रहने नेपाली समुदायका सदस्यहरु गम्भिर हुनु जरुरि छ । सुरुवातिमा विभिन्न नेपाली ब्यापारिक ब्यक्तित्व र संघ संथाको सहयोग रहे पनि त्यसमा निरन्तरता कत्तिको हुनेछ त्यो समयले बताउने छ । मे १९ मा क्यानडामा पहिलो घरजग्गा कारोबार गर्ने नेपाली ब्याबसायिक कम्पनि एभरेष्ट रियल्टी लिमिटेड ले खेलाडीहरुको सहयोग स्वरुप ब्यापारिक छाप सहितको जर्सि प्रदान गरेको थियो जुन खेलाडिको हौसलाको लागि पहिलो कदम देखिएको छ ।
जे होस् जिटिएमा रहेर क्रिकेट खेलमा अवसर नपाएका लगनशिल युवाहरुलाई भने यो ठुलो अवसर मिलेको छ । सबै क्षेत्रबाट युवाहरुको यो पहलमा सधै साथ, सहयोग हौसला दिनु क्यानडा बासी सवै नेपालीहरुको नैतिक जिम्मेवारि रहेको देखिन्छ ।