क्यानडाको अन्टारियो प्रान्तिय चुनाव प्रचार प्रसार तिब्र ।

राजु थापा – ब्राम्पटन, क्यानडा ।

ब्राम्पटन साउथकि फेडरल एमपी सोनीया सिधु अन्टारीयो लिबरल पार्टिका उम्मेदवारलाई प्रान्तिय चुनावमा जिताउन आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रमा ब्यस्त देखिएकि छिन् ।

उनी आफ्नो छेत्र ब्राम्पटन साउथका उम्मेदवार ठेठि लाई जिताउन लागि परेकि हुन्। आउदो जुन महिनाको ७ तारिख अन्टारियो प्रान्तमा मतदान हुदै छ । जिटिएको ब्राम्पटन र मिसीसागामा एसियन कम्युनिटीको बाहुल्यता भएको कारण यस क्षेत्रमा एसियन मुलका क्यानेडियन उम्मेदवारहरुकाे संख्या बढि छ । त्यसैगरि टोरोन्टोको चुनावलाई पनि मुख्य चासोका साथ हेरियको छ । लिबरल पार्टिकी बर्तमान प्रिमियर क्याथलिन विन र कन्जरभेटीभ (पिसि) लिडर डगफोर्ड बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यि दुई मध्य बिजयी हुने एक उम्मेदवार अन्टारियो प्रान्तको प्रिमियर हुनेछन् । त्यसैले पनि यो क्षेत्रलाई बिशेष किसिमले हेरियको छ ।

नेपालीहरु पनि फरक फरक पार्टिको समर्थनमा चुनावी प्रचार प्रसारमा लागिपरेको पाईन्छ । क्यानडामा बर्तमान केन्द्रिय सरकार लिबरल पार्टिको छ जस्को नेतृत्व युवा प्रधानमन्त्री जस्टिन टुडोले गरिरहेका छन् । उनी प्रधानमन्त्री हुदां जति चर्चामा थिय अहिले उनी सिरियन रिफुजीलाई प्राथमिकताका साथ क्यानडामा भित्रायको कारण बिपक्षिको केहि आलोचना खेप्न बाध्य छन् तर पनि क्यानडामा उनको नेतृत्वको सरकार र उनको एजेन्डामा बलिया देखिएका छन् ।