भारतलाई योगले संसारसँग जोडेको छः मोदी

लखनउ, भारत, ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई योगले संसारसंग जोडेको दावी गरेका छन्। तेस्रो विश्व योग दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले वक्तव्य जारी गरी सो कुरा बताएका हुन्। प्रधानमन्त्री मोदीले भने, ‘भारतलाई चिन्ने नचिन्ने, भारतको भाषा, संस्कार, संस्कृतीको ज्ञान नभएका कतिपय देशलाई योगले नै जोड्ने काम गरेको छ।’

आज संसारभरका करिब एक सय देशमा योग दिवस मनाइने श्विास गरिएको छ। बुधबार भारतको अहमदावाद शहरमा एक लाख २५ हजार मानिस एकै ठाँउमा भेला भएर वल्र्ड गिनीज बुकमा रेकर्ड राख्ने गरी आयोजना गरिएको योग दिवस समारोहमा प्रधानमन्त्री मोदी र योग गुरु रामदेवको उपस्थिती रहेको थियो। भारतीय सञ्चार माध्यमहरुले बुधबार योगाशन गरिरहेका दृश्य प्रसारण गरिरहेका छन्। रासस, एफपी